बारामा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज , कार्तिक २५
बारागढी गाउँपालिका–२, बिसनपुर्वास्थित सडकमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
घटनामा मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय छठु चौधरी रहेका छन्। उनी दुर्घटनामा गम्भीर घाइते भएर एलएस न्यूरो अस्पताल, परवानीपुरमा उपचारका क्रममा निधन भएको हो।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित पोस्टहरुः