मधेश , कार्तिक – २५
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार दिउँसो आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख कर्णलाई शपथ ग्रहण गराउनुभयो। यसअघि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमबार मन्त्रीपरिषद् बैठकमार्फत बर्खास्ती गरेको थियो। सोही बैठकले सुरेन्द्रलाभ कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत वरिष्ठ राजनीतिक तथा संवैधानिक पदाधिकारीहरूको उपस्थिती रहेको थियो।