वीरगंज, २५ कात्तिक । नेकपा (एमाले) छिपहरमाई गाउँँपालिका कमिटीद्वारा आयोजित जनसभामा पूर्वमन्त्री राजकुमार गुप्ताले केपी ओलीकै नेतृत्वमा देशले स्थायित्व, भौतिक पूर्वाधार र राष्ट्रिय पहिचानमा नयाँ उचाइ हासिल गरेको बताएका छन् ।
मंगलवार आयोजित कार्यक्रममा पूर्वमन्त्री गुप्ताले जनतालाई भ्रममा पार्ने, तोडफोड र आगजनीमा संलग्न समूहहरूबाट सतर्क रहन आग्रह गरे । उनले एमाले जनताको पार्टी हो, यसले कहिल्यै देश र जनताका हितविरूद्ध काम गर्दैन । एमालेको मुख्य लक्ष्य सुशासन, रोजगारी सिर्जना, समृद्ध अर्थतन्त्र र सबल राष्ट्र निर्माण रहेको बताए ।
उनले भने, गाउँँदेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाएर केपी ओलीको हात बलियो बनाउनुपर्छ। देशको विकासको सपना पूरा गर्न ओलीकै नेतृत्व अपरिहार्य छ।
कार्यक्रममा केन्द्रिय सदस्य अरविन्द सिंह, पूर्व प्रदेश सांसद प्रहलाद गिरी, गाउँँपालिका अध्यक्ष मनोज गुप्ता, मधेस प्रदेश कमिटी सदस्य वीरेन्द्र यादव, सलाउदिन अहमद, जिल्ला कमिटी सदस्य कालु दादा, कृष्णा कुशवाहा, स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box