वीरगंज , कार्तिक – २६
मधेश प्रदेशमा नेकपा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा सात राजनीतिक दलले बुधबार पनि आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
मंगलबार राति जारी संयुक्त विज्ञप्तिमा दलहरूले असंवैधानिक रूपमा नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्न र उनीहरू सहभागी हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन जनतालाई अपिल गरेका छन्।
यो आह्वानपछि सोमबारदेखि असामान्य बनेको जनकपुरधामको वातावरण बुधबार पनि सामान्य नहुने संकेत देखिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेपछि सात दल आन्दोलनमा उत्रिएका हुन्। दलहरूले बुधबार बिहान ८:३० बजेदेखि ‘संविधान र संघीयताको रक्षा दिवस’ नामक विरोध तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेका छन्।
मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा माग गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको घटनाको दलहरूले तीव्र भर्त्सना गर्दै संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा आन्दोलनकारीहरू घाइते भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्यलाभको कामना गरिएको छ। दलहरूले महोत्तरी र सिन्धुली सिमानानजिक बर्दिबासस्थित पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादव र मन्त्रीहरूलाई सार्वजनिक रूपमा बहिष्कार र विरोध गर्न पनि आह्वान गरेका छन्।