search

जर्जियामा सैन्य कार्गो विमान दुर्घटना, टर्किएका २० सैनिकको मृत्यु

पढ्न छुटाउनुभयो ?

एजेन्सी . कार्तिक – २६
जर्जियामा टर्किएको सैन्य कार्गो विमान दुर्घटनामा परेको छ, जसमा सबै २० जना सैनिकको ज्यान गएको टर्किएले जनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार टर्किए रक्षा मन्त्रालयले यस जानकारी सार्वजनिक गरेको हो।
अजरबैजानबाट टर्किएका लागि उडेको सी–१३० हर्कुलस कलसाइन भएको विमान हिजो जर्जियामा दुर्घटनाग्रस्त भएको थियो। हालसम्म विमान दुर्घटनाको कारण पत्ता लागेको छैन।
टर्किए र जर्जियाली अधिकारीहरूले काखेती जिल्लाको सिघनाघु नगरपालिकामा रहेको घटनास्थलमा निरीक्षण सुरु गरेका छन्।
अमेरिकामा निर्मित सी–१३० हर्कुलस विमान विश्वभरका वायुसेनाले प्रयोग गर्दै आएका छन्। यो विमान कार्गो, सेना र उपकरण बोकेको साथसाथै अवतरण र उडानका लागि तयारी नभएको धावनमार्ग समेत प्रयोग गर्न सक्षम छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads