search

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण प्रक्रिया शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक – २६
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको आधिकारिक वर्गीकरण प्रक्रिया सुरु गरेको छ।
गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो। परिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न भनिएको छ।
जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनभित्र सार्वजनिक सूचना निकाल्ने र घाइते तथा अपाङ्ग व्यक्तिहरूको वर्गीकरण सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ। यसअघि ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त व्यक्तिहरूले आफूलाई उपयुक्त कुनै पनि जिल्ला प्रशासन कार्यालयबाट वर्गीकरण प्रक्रियामा भाग लिन सक्नेछन्।
वर्गीकरण सम्पन्न भएपछि जिल्ला समितिहरूले विवरण स्वास्थ्य मन्त्रालयमा रहेको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनुपर्नेछ र गृह मन्त्रालयलाई समेत जानकारी दिनुपर्ने छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads