जनकपुर, कार्तिक — २७
मधेस प्रदेशमा कात्तिक २४ गते एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार अन्योलमा परेको छ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन र प्रदेशसभाका झन्डै दुई तिहाइ सदस्य सडकमा उत्रिएपछि नयाँ सरकार दुई तर्फी दबाबमा परेको हो ।
सर्वोच्च अदालतले सरकारका नाममा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। त्यस्तै, कानुनी र राजनीतिक संघर्ष एकसाथ अघि बढाइरहेका दलहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई मधेस भवन प्रवेश गर्न नदिने अडान लिएका छन् ।
यसका कारण मन्त्रीहरू हाल ‘अलपत्र स्थिति’मा छन् ।
यादव नेतृत्वको मन्त्रिपरिषद्मा हाल तीनजना मन्त्री छन् — राप्रपाकी कन्चन बिच्छा, एमालेका लखन दास र संघीय समाजवादीकी बिमला अन्सारी। तर, मन्त्रालय भने अहिलेसम्म तोकिएको छैन ।
विना विभागीय मन्त्रीका रूपमा रहेका लखन दासले भने अवस्था चाँडै सामान्य हुने दाबी गरेका छन् ।
दासका भनाइअनुसार नवनियुक्त प्रदेश प्रमुखले पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्रीले प्रदेश प्रमुखसँग छलफल गरी सरकार सञ्चालनका आगामी कदम तय गर्ने तयारी गरेका छन् ।

Facebook Comments Box