वीरगंज , कार्तिक — २७
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गर्दा बायोमेट्रिक दिन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउने तयारी गरेको छ। आयोगका अनुसार यस नयाँ व्यवस्थाले मतदाता दर्ता प्रक्रिया थप सहज बनाउनेछ।
आयोगका पदाधिकारीहरूले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्तालाई सरल बनाउन बायोमेट्रिक दिने प्रक्रियालाई व्यवस्थित गर्न लागिएको जानकारी दिएका थिए। आजदेखि यो प्रक्रिया सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।
नयाँ व्यवस्था अनुसार, राष्ट्रिय परिचयपत्र बनाएकाले नागरिकताको ठाउँमा परिचयपत्र नम्बर (ID नम्बर) उल्लेख गरेपछि मतदाता नामावलीका लागि बायोमेट्रिक दिन आयोगमा उपस्थित हुनुपर्ने छैन।
आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक प्रयोग गर्ने योजना बनाएको छ। यसले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेर फोटो खिच्न वा बायोमेट्रिक दिन कार्यालय जान नसक्ने मतदाताका लागि प्रक्रिया सहज बनाउनेछ।
मतदाता सूचीमा नाम दर्ता गराउन आइतबार, कार्तिक ३० गतेसम्मको समयसीमा बाँकी रहेको छ। समयसीमा नजिकिँदै गएसँगै निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेको चाप बढिरहेको छ।

Facebook Comments Box