वीरगंज कार्तिक – २७
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका ७१८ थान हतियार फिर्ता भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्।
जेनजी आन्दोलनका क्रममा करिब १२ सय हतियार लुटिएका थिए। मन्त्री अर्यालका अनुसार “हतियार फिर्ताका लागि संयुक्त अपरेसन जारी छ।” प्रहरीले पनि फिर्ता दिन पटक-पटक अनुरोध गर्दै आएको थियो।
आन्दोलनमा ४६५ प्रहरी युनिट क्षतिग्रस्त भएका थिए, तीमध्ये ४४८ युनिट सञ्चालनमा आइसकेका छन्। घटनासँग सम्बन्धित ४२९ जनालाई पक्राउ गरिएको छ भने आपराधिक गतिविधिमा संलग्न १६८ जनामाथि मुद्दा दर्ता गरिएको छ। फरार रहेका ९,४४१ बन्दीमध्ये हाल ५,०१३ जनालाई अझै पक्राउ गर्नु बाँकी छ।
गृहमन्त्री अर्यालले भने, “फरार कैदी र हतियार नियन्त्रण सरकारको प्रमुख चुनौती हो। फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु मुख्य उद्देश्य हो।”
उनले मतदाता पहुँच र सुरक्षा व्यवस्थाबारे पनि जानकारी दिँदै भने, “मतदाता नामावली ऐन २०७३ मा संशोधन भएसँगै दुई लाख बढी मतदाता थपिएका छन्। सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा छ।”
यसैगरी, विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको र क्षतिग्रस्त मतदान केन्द्रको पुनर्निर्माण कार्य स्थानीय पालिकासँगको समन्वयमा भइरहेको उनले जानकारी दिएका छन्।

Facebook Comments Box