पर्सा जिल्ला खेलकूद समितिको वार्षिकोत्सव सम्पन्न

वीरगंज, २७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिले आफ्नो प्रथम वार्षिकोत्सव बिहीवार वीरगंजमा सम्पन्न गरेको छ । “खेली मधेश, जीती मधेश” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा खेलकुद परिषद्को कार्यालय परिसरमा सरसफाइ, पेन्ट–रोगन तथा दीप प्रज्वलन कार्यक्रमको गरिएको थियो। दिपक साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले खेलकुदको माध्यमबाट युवाहरूमा एकता, स्वास्थ्य र अनुशासनको भावना विकास हुने बताए । उनले मधेशमा खेलकुदको स्तर उकास्न सबै पक्षको साझा प्रयास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने खेलकुदले युवालाई सकारात्मक सोच र नेतृत्व क्षमतामा उचो बनाउँछ। युवाहरू खेलमा संलग्न भए मधेशको गौरव अझ माथि उठ्नेछ। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारीले खेलकुद संरचनाको सुधारका लागि निरन्तर काम गरिरहेको र कार्यालय परिसरमा खानेपानी ट्यांकी, खेल मैदान मर्मत तथा खेल सामग्री सुधारका काम सम्पन्न गरिसकिएको बताए। कार्यक्रममा पर्सा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थ, जुडोका वरिष्ठ प्रशिक्षक पृथ्वी आलोक, सितोरिया कराते संघका प्रशिक्षक दिलीप कुमार पटेल, टाइक्वान्डोका वरिष्ठ खेलाडी विक्रम डंगोल, जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी हवलदार रामबहादुर लगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः