दुई संस्थाद्वारा निःशुल्क आँखा शिविर

वीरगंज, २७ कात्तिक । साहिब दरवारले बीरगंजमा फेरि निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविर शुरू गरेको छ ।
बिहीवार वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएको छ ।
वीरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएकोमा तीमध्यै ५४ जनाको आँखामा मोतियाबिन्दको समस्या देखा परेको साहिब दरवार वीरगंजका अध्यक्ष उमेशलाल सहनीले बताए । उनीहरूको यहि कात्तिक २८ गते वीरगंज सामुदायिक केन्द्रका सञ्चालक महेश सिंह धामीले जानकारी दिएका छन् ।
यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
शिविरमा कुल १६० जनाले आँखा परीक्षण गराएका थिए, जस मध्ये ४४ जनामा मोतियाबिन्दु फेला परेको अस्पतालले जानकारी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा. ग्याँसुदिन ठकुराई, वडा अध्यक्ष महमद रेयाज मियाँ, सशस्त्र प्रहरीका डीएसपी पुरूषोत्तम, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदीलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः