मधेश , कार्तिक – २८
सात दलीय गठबन्धनका संसदीय दलका नेता र पूर्व मुख्यमन्त्रीहरूले शुक्रबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई भेटेर प्रदेशसभामा बुधबार घटेको घटनाबारे जानकारी गराएका छन् ।
उनीहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदीय आचरण विपरीत कार्य’को प्रस्ताव अघि बढाइदिन आग्रह गरेका छन्। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार संविधान २०७२ र प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ अनुसार सभामुखले बैठक सञ्चालन गर्दा दलको प्रभावबिना संसदीय मूल्य र नियमावली अनुसार काम गर्नु पर्नेमा मण्डलले त्यसो नगरेको आरोप लगाइएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विरोधमा रहेका सात दलले सभामुखमाथि पदीय आचरण विपरीत कार्य गरेको भन्दै प्रस्ताव दर्ता गराएका हुन् ।

Facebook Comments Box