वीरगंजमा १० करोडभन्दा बढी साइबर ठगी गर्ने गिरोह पक्राउ 

वीरगंज, कार्तिक – २८
विशेष सूचनाका आधारमा प्रहरीले वीरगंज साइबर ठगीमा संलग्न एक समूहलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाले सर्वसाधारणलाई प्रलोभनमा पारी ‘मनी मूल’ खाता खोलाउने, फिसिङ, ओटीपी फ्रड, जागिर स्क्याम, फेक अनलाइन बिजनेस स्क्याम र एआई प्रविधिबाट नक्कली कागजात तथा बिल बनाएर ठगी गर्दै आएका थिए। उनीहरूले विभिन्न व्यक्तिका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको छ। बुधबार दिउँसो प्रभु अस्पताल अगाडिबाट पक्राउ गरिएको समूहबाट ४३ थान एटीएम कार्ड बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउमा परेका कृष्ण प्रसाद साह (३५), राहुल मण्डल (२१) र एक १४ वर्षीय नाबालक विरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरी तीन दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाले साइबर अपराधको जोखिम बढिरहेको जनाउँदै सर्वसाधारणलाई अनलाइन स्क्याम र प्रलोभनबाट सतर्क रहन आग्रह गरेको छ ।
सम्बन्धित पोस्टहरुः