मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेजद्वारा स्वास्थ्य शिविर

वीरगंज, २८ कात्तिक । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगंजले शुक्रवार निश्शुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंजको घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको ब्लड सुगर परीक्षण, बिएमआई चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
शिविरमा कुल १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा १२४ जना पुरूष तथा १७ जना महिला सहभागी भएका थिए । स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण उपस्थितिले समुदायमा मधुमेहप्रति रहेको चासो र जनजागरणको आवश्यकता स्पष्ट रूपमा देखिएको थियो ।
कार्यक्रममा वक्ताहरूले मधुमेह विश्वभर तीव्र रूपमा बढ्दै गएको जनस्वास्थ्य चुनौती भएको भन्दै, यसको रोकथाम, पहिचान र नियमित निगरानीका लागि निरन्तर जनचेतना आवश्यक रहेको उल्लेख गरे । समुदायमुखी स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजले पुर्रुयाउँदै आएको निरन्तर योगदानको प्रशंसा पनि गरेका थिए।
उक्त अवसरमा नेशनल मेडिकल कलेजबाट डा. अनिल साह कन्सल्टेन्ट, इञ्जिनियर प्रदीप चौधरी मुख्य सूचना अधिकारी, जितेश चन्द्र दास मार्केटिङ प्रबन्धक, ब्रज किशोर चौधरी ओपरेशन्स तथा क्वालिटी प्रबन्धक, बिश्वनाथ कन्ठ वरिष्ठ प्रशासन अधिकृत तथा डा. प्रसान्त भण्डारी प्रेसिडेन्ट–स्टुडेन्ट क्लब उपस्थित रहेका थिए।
त्यस्तै, क्लबको तर्फबाट रोशनी भट्टराई अध्यक्ष, सुजल ठाकुर सचिव तथा सन्दीप राज ओझा कार्यक्रम संयोजक सक्रिय रूपमा सहभागी थिए। स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागीताले कार्यक्रमलाई सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन महŒवपूर्ण योगदान पु¥याएको थियो ।
सम्बन्धित पोस्टहरुः