search

रक्सौल सीटमा प्रमोद कुमार सिन्हा भारी मतले विजयी

पढ्न छुटाउनुभयो ?

रक्सौल , कार्तिक -२९
बिहार विधानसभा निर्वाचनको अन्तिम मतगणनापछि पूर्वी चम्पारणको रक्सौल (निर्वाचन क्षेत्र नं. १०) मा भारतीय जनता पार्टी (भाजपा) का प्रमोद कुमार सिन्हा विजयी भएका छन्।
सिन्हाले १,०६,७६५ मत प्राप्त गर्दै १७,८७८ मतको अन्तरले काँग्रेसका श्याम बिहारी प्रसादलाई पराजित गरेका छन् । यसैगरी, जन सुराज पार्टी (जेएसपी) का कपिल देव प्रसादले १४,६५६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार धुरेन्द्र कुमार र एमडी कलिम क्रमशः १,४६० र ११७ मतमा सिमित भए ।
सिन्हा यसै सिटबाट २०२० मा पनि विजयी भएका थिए । त्यसबेला उनले काँग्रेसका रामबाबु प्रसाद यादवलाई ३६,९२३ मतको अन्तरले हराएका थिए ।
विशेषत सिन्हाको जीतमा उनको स्थानीय लोकप्रियता, अन्तिम समयमा भएको राजनीतिक मोड, र यादव समुदायको समर्थन निर्णायक भूमिका खेलेको देखिन्छ । पार्टी परिवर्तन गर्दै आरजेडीका पूर्व विधायक सुरेश प्रसाद यादव भाजपा प्रवेश गरेपछि सिन्हातर्फ मतभार झरेको आकलन गरिएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads