search

जडेजा राजस्थान रोयल्समा फर्किए, चेन्नई सुपर किङ्ग्स र अन्य टोलीबीच ठूलो खेलाडी साटासाट

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक – २९
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि टोलीहरूबीच खेलाडी साटासाटको प्रक्रिया सम्पन्न भएको छ।
चेन्नई सुपर किङ्ग्सका अनुभवी अलराउन्डर रवीन्द्र जडेजा अब राजस्थान रोयल्सबाट खेल्नेछन्। राजस्थानले उनलाई १४ करोड भारुमा अनुबन्ध गरेको छ, जबकि चेन्नईले १८ करोड भारु प्रस्ताव गरिरहेको थियो। जडेजा करिब एक दशकपछि राजस्थानमा फर्किएका हुन्।
साथै इङ्ल्यान्डका अलराउन्डर साम करन पनि राजस्थानमा समावेश भएका छन्। राजस्थानले उनलाई २ करोड ४० लाख भारुमा चेन्नईबाट अनुबन्ध गरेको छ।
चेन्नईले राजस्थानका कप्तान सन्जु सामसनलाई १८ करोड भारुमा आफ्नो टोलीमा समावेश गरेको छ।
त्यस्तै, तीव्र गतिका बलर मोहम्मद शमी लखनउ सुपर जायन्ट्समा, मयंक मार्कन्डेल मुम्बई इन्डियन्समा, अर्जुन तेन्दुलकर लखनउमा, नितिश राणा दिल्ली क्यापिटल्समा र दक्षिण अफ्रिकी अलराउन्डर डोनोभन फेरर राजस्थान रोयल्समा अनुबन्ध भएका छन्।
यस साटासाटसँगै टोलीहरूको रणनीति र लाइनअप आगामी आईपीएल २०२६ मा कसरी खेल प्रदर्शन गर्नेछ भन्ने कुरामा उत्साहजनक परिवर्तहरू देखिएका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads