search

फागुन २१ का लागि चुनावको वातावरण बनेको सञ्चारमन्त्री खरेलको दावी

पढ्न छुटाउनुभयो ?

*वीरगंज , कार्तिक – २९ *
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आउँदो फागुन २१ गते हुने चुनावको वातावरण तयार भइसकेको दावी गरेका छन । दक्षिण कोरिया भ्रमणका क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखासँगको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमा चुनाव हुने विश्वास व्यक्त गरेका हुन् ।
उनका अनुसार नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको, कुनै राजनीतिक दलले चुनावमा भाग नलिने भनेको छैन । केही दलले मात्र सुरक्षाको वातावरण सुनिश्चित गर्न चासो देखाइरहेका छन् । साथै, मतदाता नामावली सङ्कलन उत्साहजनक रूपमा भइरहेको र जनता पनि सक्रिय रूपमा सहभागी भइरहेको उनले बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले जेन–जी आन्दोलनको आधारमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता चुनावसँगै सुशासन कायम राख्न, भ्रष्टाचार नियन्त्रण गर्न, रोजगारी र नवप्रवर्द्धन सुनिश्चित गर्नु रहेको उल्लेख गरे ।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन कानुनी प्रक्रिया सुरु गरिएको र आवश्यक परे अध्यादेशमार्फत यो व्यवस्था लागू गर्ने पहल भइरहेको पनि उनले जानकारी गराए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads