search

रामगढवा एकता युवा क्लब रक्तदान कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ कात्तिक । वीरगंज महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबले आयोजना गरेको कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायत पुरूष ७५ तथा महिला ६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि पूर्व कानुन मन्त्री अजय कुमार चौरसियाले उदघाटन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट प्रहरी वरिष्ठ उपरीक्षक हिर कुमार बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक राजु कार्की, तथा ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल श्रीपुर प्रहरी नविन थापा मगरलगायतको सहभागिता थियो । रामगढवा एकता युवा क्लबका अध्यक्ष रोशन कुमार कुर्मीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads