search

पर्साकी दुई महिला प्रतिबन्धित लागुऔषधसहित बारामा पक्राउ

पढ्न छुटाउनुभयो ?

*वी**रगंज , कार्तिक – ३०*
*पर्साका दुईजना महिला प्रतिबन्धित लागुऔषध सहित बारामा पक्राउ परेकी छन *। पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया पूजा देवी र पटेर्वा सुगौली गाउँपालिकाकी ३५ वर्षीय सुसिला देवी रहेकी प्रहरीले जनाएको छ ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–५, रातोपुल नजिक पथलैयातर्फ पैदल हिँडिरहेकी उनीहरुलाई ४४ ग्राम ४ सय मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक कुमार बस्तेनको कमान्ड र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजको टोली संयुक्त रूपमा खटिएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
बरामद लागूऔषधसहित दुवै महिलामाथि आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads