वीरगंज , कार्तिक – ३०
रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति चोरहरूको समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गर्दै करिब १२ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ।
वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले पहिलो निशाना ब्रह्मदेव चौधरीको घरलाई बनाए। घरको भित्तामा सुरुङ खनेर भित्र प्रवेश गरेका चोरहरूले लगभग ७ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना, ८० हजार नगद र विभिन्न कागजात लिएर फरार भए।
सोही रात छिमेकी दुखा राउत कुर्मीको घर पनि चोरहरूको दुस्साहसबाट बच्न सकेन। कुर्मीको घरमा पनि सुरुङमार्फत छिरेका चोरहरूले करिब ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन तथा कागजात चोरी गरेका वडाध्यक्ष सहनीले जानकारी दिए।
पीडित चौधरीका अनुसार घटना हुँदा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए। चोरहरूले घरभित्र रहेका लत्ता–कपडा समेत खेततर्फ लगेर फालेका थिए, जसले चोरी योजनाबद्ध र संगठित समूहद्वारा गरिएको आशंका थप मजबुत बनाएको छ।
लगातार हुने चोरी घटनाले स्थानीय बलेरीवासी त्रसित बनेका छन्। उनीहरूले तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाले घटनाको सूचना पाएको र आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

Facebook Comments Box