search

पर्साबाट ४५० थान तस्करीका मोबाइल बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक – ३०
पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा गाउँस्थित खेतको बीचमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ।
भारतबाट लाभा कम्पनीका बटमवाला मोबाइल तस्करी गरेर ल्याइएका ती फोनहरू धानबारीभित्र कार्टुनमा मोडेर राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा बारीमा छापामारी मोबाइल बरामद गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ बराबर छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ।
सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले पछिल्ला दिनमा निगरानी कडाइ गरेकाले यो सफलताले तस्करी चक्रलाई ठूलो धक्का पुगेको सुरक्षा अधिकारीहरूको आकलन छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads