search

बिहारमा सत्ता पुनर्संरचना तीव्र, नीतीश सरकार आजै विघटन सिफारिस गर्ने तयारी

पढ्न छुटाउनुभयो ?

बिहार , कार्तिक – ३० बिहार विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राज्यमा सत्ता पुनर्संरचनाको प्रक्रिया तीव्र बनेको छ। मुख्यमन्त्री नीतीश कुमारले १७औँ विधानसभा विघटनको सिफारिस गर्दै नयाँ सत्ता संरचनाको दिशामा औपचारिक कदम चाल्न लागेका छन्।
भारतीय निर्वाचन आयोगले आजै बिहारका राज्यपाललाई १८औँ विधानसभासम्बन्धी अन्तिम नतिजा बुझाउने तयारी गरेको आयोग स्रोतले जनाएको छ। नतिजा हस्तान्तरणसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
सरकारी स्रोतअनुसार सोमबार बस्ने मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको मन्त्रिपरिषद् बैठकले विधानसभाविघटन प्रस्ताव अनुमोदन गर्नेछ। बैठकपछि मुख्यमन्त्री कुमारले राजीनामा बुझाउने तयारी गरेका छन्। उनी पदबाट हटेपछि मात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ।
नीतीशको राजीनामापछि सत्तारूढ ‘एनडीए’ गठबन्धनले सबै घटक दलका निर्वाचित सदस्यहरूको संयुक्त बैठक बोलाउनेछ। बैठकले गठबन्धनको नयाँ नेता चयन गर्नेछ, जसले आगामी मुख्यमन्त्रीको रूपमा सरकारको नेतृत्व सम्हाल्नेछ।
राज्यपाललाई नयाँ नेताको नाम सिफारिस गरिएपछि सरकार गठन प्रक्रिया औपचारिक रूपमा सक्रिय हुने जनाइएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads