search

पर्सागढीमा नेपाली सेनाद्वारा बृहत स्वास्थ्य शिविर सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० कात्तिक ।  नेपाली सेनाले पर्सागढी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सामुदायिक स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको शिविरले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

शिविरमा नेपाली सेनाका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्थानीय अस्पताल र स्वास्थ्य संस्थाका वरिष्ठ चिकित्सकहरू सहभागी भएका थिए । चिकित्सकहरूले आन्तरिक रोग, शल्य चिकित्सा, स्त्रीरोग, बालरोग, नेत्ररोग, दन्त, फिजियोथेरापी, त्वचा तथा मानसिक स्वास्थ्य लगायतका बहुविशेषज्ञ सेवा प्रदान गरेका थिए । सर्वसाधारणले प्राथमिक स्वास्थ्य परीक्षण, आकस्मिक उपचार, आवश्यक औषधि वितरण र दीर्घकालीन रोग व्यवस्थापनसम्बन्धी परामर्श सहज रूपमा प्राप्त गरेका थिए।

डा. सेलेस्मा रिजाल (नाक–कान–घाँटी विशेषज्ञ), डा. बिप्लव सुवेदी (जनरल फिजिसियन), प्रयास तिमिल्सिना (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ) र डा. दिपक चौरसियाले शिविरमा सर्वसाधारणको चेकजाँच गरेका थिए ।

शिविरमा वीरगंज सामुदायिक आँखा केन्द्र, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, नारायणी अस्पताल, शान्ति क्लिनिक, पोखरिया प्रादेशिक अस्पताल, पर्सागढी नगरपालिका, क्वेस्ट फार्मास्युटिकल्स, नेपाल औषधि उत्पादक संघ लगायतका संस्थाहरूले जनशक्ति, औषधि र चिकित्सकीय उपकरण उपलब्ध गराएका थिए।

कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, श्रीजङ गणका प्रमुख कर्नेल लोकेन्द्र कार्की, सामाजिक अभियन्ता दिलिप राज कार्की, पर्सागढी न.पा. का पूर्व मेयर लोकनारायण यादव, आँखा विशेषज्ञ महेश सिंह धामी र पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनम प्रसाद चौधरी,नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य राहुल गुप्तालगायतको सहभागिता थियो ।

स्वास्थ्यकर्मीहरूले यस्ता समुदायमुखी अभियानहरूले स्वास्थ्य सचेतना अभिवृद्धि, प्राथमिक उपचारको पहुँच विस्तार र दीर्घकालीन रोग पहिचानमा महŒवपूर्ण भूमिका खेल्ने बताए । नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षदेखि सञ्चालन गर्दै आएका यस्ता शिविरहरूले वीरगंज र आसपासका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको मूल्यांकन गरिएको छ।

स्थानीय नेतृत्व र सहभागी संस्थाहरूले आगामी वर्षमा शिविरको दायरा अझ वृद्धि गर्दै आधुनिक उपकरण, विशेषज्ञ सेवा र व्यापक जन सहभागीतासहित कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली सेनाको अग्रसरता, स्थानीय संरचनाको सहकार्य र समुदायको उत्साहपूर्ण सहभागीताले ‘बृहत स्वास्थ्य शिविर–२०८२’ प्रदेशकै प्रभावशाली सार्वजनिक स्वास्थ्य अभियानको रूपमा स्थापित भएको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन् ।

Facebook Comments Box

ताजा खबर

मधेश राजनीति तनावग्रस्त : मुख्यमन्त्री नियुक्तिलाई लिएर एमाले र सात दल सडकमा

मधेश , मंसिर - २ मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक द्वन्द्व चर्किँदै गएको छ। नेकपा एमाले र सात...

सम्बन्धित खबर

- Advertisement -neelambads