search

कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको चुनौती

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – २
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
टस हारेर टीयु क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन जोड्यो।
कर्णालीका ओपनर प्रियांक पन्चालले उत्कृष्ट पारी खेल्दै ९० रनको योगदान दिए। ४८ बल खेलेका प्रियांकले ७ चौका र ६ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याए। म्याक्स ओ’डाउड २० रनमा आउट भए भने मार्क वाटले १६ रन जोडे। पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे।
चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एक–एक विकेट आफ्नो नाममा लेखाए।
अब चितवन राइनोजले १६७ रनको लक्ष्य पछ्याउनेछ।
Facebook Comments Box

ताजा खबर

मधेश राजनीति तनावग्रस्त : मुख्यमन्त्री नियुक्तिलाई लिएर एमाले र सात दल सडकमा

मधेश , मंसिर - २ मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक द्वन्द्व चर्किँदै गएको छ। नेकपा एमाले र सात...

सम्बन्धित खबर

- Advertisement -neelambads