वीरगंज , मंसिर – २
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर अन्तर्गतका गम्भीर प्रकृतिका बिरामीहरूलाई औषधि–उपचार खर्च मद्दत स्वरूप प्रदान गर्ने मासिक सहायता रकम वितरण गरेको छ ।
उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गराएका, डायलायसिस गरिरहेका, क्यान्सरपीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई श्रावणदेखि असोजसम्मको पहिलो त्रैमासिकका लागि प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँका दरले रकम सम्बन्धित व्यक्तिको बैंक खातामा सिधै जम्मा गरिदिएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिए ।
उनका अनुसार ९७ जना पुराना बिरामीलाई १४ लाख ५५ हजार रुपैयाँ र ११ जना नयाँ बिरामीलाई १ लाख ५५ हजार रुपैयाँ गरी कुल १६ लाख १० हजार रुपैयाँ वितरण गरिएको छ ।
उपमहानगरपालिकाले गम्भीर रोगसँग संघर्ष गरिरहेका नागरिकलाई उपचारमा सहयोग पुर्याउन यो योजना अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै सबै लाभार्थीलाई भुक्तानीबारे जानकारी गराइएको जनाएको छ ।