मधेश , मंसिर – २
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक द्वन्द्व चर्किँदै गएको छ। नेकपा एमाले र सात राजनीतिक दलहरू अलग–अलग धर्ना तथा विरोध कार्यक्रम गर्दै आरोप–प्रत्यारोपमा उत्रिएको छन् ।
बुधबार एमालेका नेता–कार्यकर्ताले *‘**संविधानलाई रक्षा गरौँ**, **नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ**’* भन्ने नारासहित जनकपुरधामको जनकचोकस्थित मन्दिर परिसरमा धर्ना दिए । उनीहरूले उपसभामुखको कदम र विपक्षी दलहरूको विरोध संवैधानिक प्रक्रियाविपरीत भएको आरोप लगाए ।
उता सात राजनीतिक दलले भने मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति ‘ असंवैधानिक’ रहेको दाबी गर्दै मधेश भवन अगाडि निरन्तर धर्ना दिइरहेका छन्। उनीहरूले मुख्यमन्त्रीको बर्खास्ती, उपसभामुखका विवादास्पद निर्णयका विरुद्ध र प्रदेशको राजनीतिक अस्थिरता अन्त्यको माग राखेका छन् ।
लगातारको विरोध–प्रदर्शनसँगै मधेश प्रदेशको राजनीतिक वातावरण झनै तानावपूर्ण बन्दै गएको छ ।