search

Update: सिमरामा जेनजी र एमाले कार्यकर्ताबीच झडप

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ मंसिर । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो ।

सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए ।

उक्त विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेता रहेको र उनीहरूकै विरोधमा सिमरामा प्रदर्शन भएकोले उडान रोकिएको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा आज बिहान जेनजी युवा समूह र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। अचानक बढेको तनाव नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ।

बिहान करिब १०ः३० बजे एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने सूचना सार्वजनिक भएपछि जेनजी समूहले विरोध प्रदर्शन थालेका थिए। उस्तैगरी एमाले समर्थकहरू स्वागतका तयारीमा रहेकाले दुवै पक्ष आमनेसामने आएपछि धक्कामुक्की हुँदै झडप तीव्र बनेको स्थानीयले बताएका छन्।

झडपका क्रममा एमालेले निर्माण गरेको स्वागत द्वार जेनजी समूहले च्यातेर भत्काइदिएको समेत बताइएको छ।

घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि चोकसम्म सुरक्षाकर्मीको संख्या बढाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा रहेको बताउँदै थप अप्रिय घटना रोक्न अतिरिक्त फोर्स तैनाथ गरिएको जानकारी दिएको छ।

सुरक्षा संवेदनशीलता बढेकाले स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads