वीरगंज, ३ मंसिर – पर्सा जिल्लाको वीरगंज-१२ स्थित श्रीपुर शिक्षानगर क्षेत्रमा मंगलबार साँझ मोटरसाइकल चोरी भएको छ।
सवारीधनी पंकज कुमार मिश्रका अनुसार, २२० सीसीको कालो रङ्गको पल्सर मोटरसाइकल नम्बर मधेश प्रदेश ०३-००३६प ८४५४ ५:३० बजे चोरी भएको हो।
वीरगंज क्षेत्रमा प्रत्येक एक किलो मिटरमा प्रहरीको चौकी, चेकपोस्ट र गस्ती टोली परिचालन भैरहेको अवस्थामा समेत दिनदहाडै यस प्रकारको चोरीका घटनाले शान्ति सुरक्षामा समेत चुनौती खड़ा गरेको छ।
हालसालै वीरगंजका विभिन्न स्थानमा चोरीका घटनाहरूमा वृद्धि भएको छ, जसले नागरिक र व्यवसायिक प्रतिष्ठानहरूमा चिन्ता पैदा गरेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ, र स्थानीय प्रशासनबाट सुरक्षा व्यवस्था थप कडाइका साथ लागू गर्ने आवश्यकता औंल्याइँदैछ। यसले शान्ति सुरक्षामा थप चुनौती ल्याएको र प्रशासनलाई सुरक्षामा सुधार गर्नुपर्ने आवश्यकता रहेको जनाइएको छ।
स्थानीय नागरिकहरूले सुरक्षाका उपायहरूमा सुधारको माग गरेका छन् र यस किसिमका घटनाहरूको पुनरावृत्ति रोक्नका लागि प्रशासनबाट थप सक्रियता अपेक्षित रहेको बताएका छन्।











