search

कर्फ्यूका बीच परवानीपुरमा एमालेको युवा भेला जारी

पढ्न छुटाउनुभयो ?

बारा मंसिर — ३

जिल्ला प्रशासनले सिमरा विमानस्थल आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरे पनि नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको प्रदेश–स्तरीय भेला परवानीपुरमा जारी छ।

महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भए पनि सिमरामा बढ्दो तनावपछि भेला सरल रूपमा सञ्चालन गर्ने तयारी भएको एमाले नेता किसान श्रेष्ठले जानकारी दिए।

सिमरा विमानस्थलमा जेन–जी समूहको विरोध र त्यसमाथि आएको प्रतिक्रियाले तनाव चुलिएपछि काठमाडौंबाट आउने नेताहरूको उडान रोकिएको छ। नेताहरू काठमाडौंमै रोकिएपछि जनप्रदर्शन स्थगित गरिएको श्रेष्ठले बताए।

उनका अनुसार विभिन्न जिल्लाबाट जनप्रदर्शनका लागि हिँडेका हजारौँ कार्यकर्ता कर्फ्यूका कारण बाटैमा रोकिएका छन्।

“पाँच हजारजति मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ,” उनले भने।

यद्यपि परवानीपुरस्थित डीएभी स्कुल नजिक रहेका चयनपुर चौरमा आयोजित भेला स्थलमा दुई हजारभन्दा बढी सहभागी भइसकेका छन्। भेला स्थल मुख्य सडकसँगै भएकाले उच्च सतर्कताका बीच सहभागीलाई सम्बोधन गरेर कार्यक्रम समापन गर्ने तयारी रहेको श्रेष्ठले बताए।

भेलाका लागि मधेशका आठै जिल्लाबाट झण्डै एक हजार सहभागी आउने अनुमान गरिएको थियो।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads