search

खैरो हेरोइन खरीद–बिक्री गर्ने पाँचजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ मंसिर । बारा जिल्लाबाट लागुऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

फेटा गाउँपालिका–१ त्रिवेणीका ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालुकुमार बैठा, ३६ वर्षीय लालु साह, निजगढ नगरपालिका–८ का ४० वर्षीय राजकुमार लामा र २५ वर्षीय अभिषेक श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेटा गाउँपालिका–१ त्रिवेणीका कृष्ण महतोको घरमा ब्राउन सुगरको खरिद–बिक्री भइरहेको भन्ने गोप्य जानकारीका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागुऔषध नियन्त्रण ब्यूरो, वीरगंजको संयुक्त टोलीले छापा मारेको थियो । छापामारीका क्रममा महतोको घरबाट २३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि घरधनी महतोसहित पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराएका छन् ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads