वीरगंज , मंसिर – ४
वीरगंज –१५ स्थित नयाँ बसपार्कमा मङ्गलवार राति दुई वटा बसमा आगो लागेको घटनामा बस सञ्चालकले आफैंले आगो लगाएको स्वीकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस करिब पौने १ बजे आगोले जलेर पूर्ण रूपमा नष्ट भएका थिए ।
प्रहरी उपरीक्षक सुदिपराज पाठकले आगलागी आकस्मिक नभई योजनाबद्ध भएको पुष्टि गरेका छन् । प्रहरीले आगलागीको कारण र सम्भावित अन्य संलग्नको खोजीका लागि थप अनुसन्धान जारी राखेको जनाएको छ ।
यो घटनाले बिमा दाबीका लागि गरिने योजनाबद्ध आगजनीको गम्भीर समस्या पुनः उजागर गरेको छ।











