search

मानव अधिकार आयोगद्वारा बारामा शान्ति सुरक्षा सुदृढ गर्न सरकारलाई निर्देशन

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ४

राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न अशान्तिपूर्ण परिस्थितिबारे गम्भीर ध्यानाकर्षण गर्दै नेपाल सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन दिएको छ।

आयोगले बुधबारदेखि सुरु भएको विवादको अनुगमन गर्दै सरकारसँग घाइतेहरूको प्रभावकारी उपचार, घटनाको छानबिन, शान्ति सुरक्षा मजबुत बनाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन वातावरण तयार गर्न आग्रह गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सभी पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरण सिर्जना गर्न, घटनाको छानबिन गर्न तथा घाइतेहरूको उपचारको व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिइन्छ। साथै संयमताका साथ परिस्थितिलाई सामान्यीकरण गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह छ।”

विज्ञप्तिअनुसार, विवादका क्रममा सिमरा विमानस्थलतर्फ आक्रोशित भीड बढ्दा एयरपोर्टको गेटमा क्षति पुगेको र उडान प्रभावित भएर एमालेका नेताहरू सिमरा जान नसकेको पाइएको छ। घटना क्रममा पाँच जना घाइते भएका थिए, जसको नगर अस्पतालमा उपचार भएको छ।

आयोगले यस प्रकारका घटनाले निर्वाचनको सहज वातावरण बन्ने सम्भावनामा असर पुर्‍याउने र संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हकमा प्रतिकूल प्रभाव पर्न सक्ने पनि चेतावनी दिएको छ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads