search

सिमरामा फेरि तनाव , प्रशासनद्वारा पुन कर्फ्यु जारी

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ४

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा बिहीबार फेरि तनाव बढ्दा स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सिमरा विमानस्थल र आसपासको क्षेत्रमा जनधनको क्षति हुन नदिन तथा स्थिति बिग्रन नदिन कर्फ्यु लागू गरिएको हो।

कर्फ्युको क्षेत्रमा पथलैया चोकदेखि दक्षिण जीतपुर लल्का पुलसम्मको वीरगञ्ज–पथलैया राजमार्गको दायाँ–बायाँ ५०० मिटर र विमानस्थल वरिपरि ५०० मिटरभित्र कुनै किसिमको आवतजावत, भेला, जुलुस वा प्रदर्शन निषेध गरिएको छ।

यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक र कूटनीतिक सवारीलाई सहजीकरण गरिने व्यवस्था छ।

बुधवार परवानीपुरमा आयोजित एमाले कार्यक्रममा महासचिव शङ्कर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल बाहिर पुगेका कार्यकर्ता र जेन–जी समूहबीच झडप भएको थियो। झडपमा जेन–जी युवा ‘सम्राट्’ साइकुल उपाध्यायसहित केही घाइते भएका थिए।

बिहीबार बिहान कर्फ्यु हटेसँगै जेन–जी युवाहरूले न्यायको माग गर्दै सिमरा बजार पूर्णरूपमा बन्द गरेका छन्। उनीहरूले सडकमा टायर बालेर यातायात ठप्प पारेका छन् र बुधबार आक्रमण गर्ने एमाले नेताहरूमाथि कारबाहीको माग गरेका छन्।

घाइते युवाहरूले इलाका प्रहरीमा किटानी जाहेरी दिएका थिए। जाहेरीको आधारमा वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी पक्राउ परेका छन्। दुवै जना एमालेका निर्वाचित जनप्रतिनिधि हुन्।

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जनप्रतिनिधि नै घटनामा संलग्न देखिएको बताए र दोषी जोसुकै भए पनि कारबाही हुने बताए। जेन–जी युवाहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण रहेको र न्याय नपाएसम्म नरोकिने चेतावनी दिएका छन्।

स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads