search

रक्सौलमा ४४४ किलोग्राम गाँजासहित दुई नेपाली पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ मंसिर ।  सीमावर्ती भारतीय शहर रक्सौलमा ४४४ किलोग्राम गाँजा सहित दुर्ई जना नेपाली पक्राउ परेका छन् ।

बि.आर.०६जिए ५००१ नम्बरको भारतीय ट्रकमा गाँजा लोड गरी नेपालबाट भारत लैजाने क्रममा बुधवार राति १० बजे भारतीय प्रहरीले पर्साको पोखरिया नगरपालिकाको मुलडी निवासी अनवत राउत कुर्मी र सिकन्दर राउत कुर्मीलाई पक्राउ गरेको हो ।

सूचनाको आधारमा अनुमण्डल पुलीस कार्यालय रक्सौल र हरैया थानाका अधिकारीले रक्सौलको डंकन चोकनजिकै वाहनलाई रोकी चेकजाँच गर्दा ट्रकमा बनाइएको गोप्यखण्डबाट ३० पोका गाँजा बरामद भएको रक्सौल प्रहरीले जनाएको छ ।

ट्रकका चालक अनवत राउत कुर्मी र सहचालक सिकन्दर राउत कुर्मीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुरक्षा अधिकारी मनिष कुमारले जानकारी दिए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads