search

मधेसी आयोग वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङसमक्ष पेस

पढ्न छुटाउनुभयो ?

मोरङ, ५ मङ्सिर : मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो ।

प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मधेसी जनताको हकहित, संरक्षण, प्रवर्द्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । प्रमुख खापुङले हिमाल, तराई, पहाडमा बसोबास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता संवर्द्धन गरी राष्ट्रिय एकता बलियो बनाउन आयोगले गरेको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो ।

आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजुरी प्राप्त भएको सो उजुरीउपर सम्बन्धित निकायमा उजरीकर्ताबीच छलफल गरी पीडितलाई सहजता प्रदान गरेको जानकारी गराउनुभयो ।रासस

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads