search

डिजिटल ठगीबाट बच्न राष्ट्र बैंक वीरगंजको आग्रह

पढ्न छुटाउनुभयो ?

वीरगंज ५ मंसिर । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी डिजिटल कारोबारसँगै बढ्दै गएको अनलाइन ठगी, फेक इन्भेस्टमेन्ट तथा विभिन्न प्रकारका स्क्यामवारे जानकारी गराएको छ ।

बैंकको सभाहलमा भएको पत्रकार सम्मेलनमा प्रमुख निर्देशक सुशील भट्टराईले हाल डिजिटल माध्यम प्रयोग गरी गरिने ठगीका रूप, चुनौती तथा समाधानका उपायवारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । पछिल्लो समय फेक इन्भेस्टमेन्ट स्किम, कपी ट्रेडिङ, अफिलिएट मार्केटिड्ढो नाममा गरिने ठगी, फर्जी लिंकमार्फत हैकिङ, ओटिपी–पासवर्ड चोरी जस्ता घटनाहरू तीव्र रूपमा बढेको उनले बताए ।

अनलाइनमार्फत सजिलो कमाइको लालच, अपरिचित व्यक्तिको सुझाबमा एप डाउनलोड गर्ने, फर्जी विज्ञापनमा विश्वास गर्ने र सुरक्षा चेतनाको कमीले धेरै नागरिक ठगीमा परिरहेको उनले बताए ।

प्रमुख निर्देशक भट्टराईले बढ्दो उजूरी तथा सार्वजनिक समस्या समाधानलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयमा ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना गर्ने जानकारी दिए। यस डेस्कमार्फत डिजिटल कारोवार र बैंकिङ सेवासम्बन्धी गुनासोको छिटो समाधानमा सहजीकरण हुने बताए।

डिजिटल ठगीबाट बच्न सबै नागरिकलाई सतर्क रहन आग्रह गर्दै अपरिचित लिंकमा क्लिक नगर्न्, अनधिकृत एप डाउनलोड नगर्न्, व्यक्तिगत विवरण कसैसँग साझा नगर्न, नेपाल राष्ट्र बैंकले अनुमति नदिएको वित्तीय गतिविधिमा सहभागी नहुन  सुरक्षित विकल्प रहेको बताए ।

उनले नेपाल राष्ट्र बैंकले डिजिटल कारोवारलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने गरी नियमन तथा निगरानीलाई अझ कडा बनाइने जानकारी गराएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads