search

जेनजी र प्रशासनबीच सहमति, तीन दिनभित्र माग पूरा गर्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ मंसिर । ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच भएको वार्तामा सहमति भएको छ । वार्तामा जेनजी बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागीता रहेका थिए ।

जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रवार भएको वार्तामा जेनजीका मागहरू तीन दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ । जेनजीहरूले आग्रहर पूर्वाग्रह नराखी घटनामा संग्लनहरूलाई कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।

छलफल शुरू भएको २ घण्टापछि वार्ता स्थलमा आइपुगेका जेनजी अगुवा सुदन गुरूङ र पुरूषोत्तम यादवले जेनजीहरूले घटनामा संलग्न वडाध्यक्ष, नगरप्रमुख, सांसद जो कोही भए पनि कारबाहीको दायरामा ल्याएर कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङले जेनजीहरूको दिएको उजुरीका आधारमा दोषीहरूको खोजी भइरहेको बताएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरूको मागमा स्थानीय प्रशासन गम्भीर भएकोले जतिसक्दो छिटो सम्बोधन गर्ने बताएका छन् ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads