search

एनपीएलको दोस्रो संस्करणमा कर्णाली याक्सको पहिलो जित

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ६

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराउँदै दोस्रो संस्करणको प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

कर्णालीका मार्क वाटले ४४ बलमा अविजित १ सय १४ रन बनाए। उनका साथै विलियम बोसिस्टोले २९ रन अविजित खेले। लुम्बिनीका शेर मल्लले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो। कप्तान रोहितकुमार पौडेलले ४९, रुबेन ट्रम्पेलम्यानले २९ र जेजे स्मिथले २३ रन जोडे। कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्रीले समान १–१ विकेट लिए ।

कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो ।

आज साढे ३ बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ। काठमाण्डुले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो भने सुदूरपश्चिमसँग पराजित भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरालाई हराएको थियो ।

एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमाण्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ टोली सहभागी छन्। प्रतियोगिता १ मङ्सिरदेखि २७ मङ्सिरसम्म चल्नेछ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads