search

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ६
नेपाली कांग्रेसले आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिको उचित विकास निर्वाचनमार्फत हुने भएकाले कांग्रेसले निर्वाचनमा सहभागी हुने तय गरेको हो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि तत्काल निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको जानकारी दिएका छन ।

कांग्रेसको यो निर्णयले आगामी निर्वाचनको तयारीमा दलको सक्रिय सहभागिताको संकेत दिएको छ ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads