पर्सामा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको नयाँ नेतृत्व चयन, वेदप्रकाश कुर्मी सभापति

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर – ६

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत चयन भएका छन्। शनिबार वीरगन्जमा सम्पन्न तेस्रो अधिवेशनले कुर्मीलाई निर्विरोध रूपमा नेतृत्व दिएको हो।

अधिवेशनले उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमलाई छानेको छ। त्यस्तै सचिवमा विकेश साह, सहसचिवमा सुरज चौधरी, दिलशाद इकबाल र प्रमानन्द पटेल तथा कोषाध्यक्षमा प्रभात मण्डल र मनिषा महतो पनि निर्विरोध चयन भएका छन् ।

सदस्यहरूमा मोइन हुसेन, रमेश दास, विजय साह, मुकेश यादव, सुमित साह, आशीष तिवारी, सिद्धार्थ पटेल, बृजेश रौनियार, प्रवेश साह र पुष्पराज साह चयन भएका छन् ।

निवर्तमान सभापति पियांशु गुप्ता रौनियारको अध्यक्षतामा, नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, मधेस प्रदेशका पूर्व अध्यक्ष मनोज दास, नेविसंघ पर्साका सभापति रमेश यादवलगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः