search

सरकार र महाअभियानबीचको वार्ता सफल : नेपाल बन्द र आम हड्ताल फिर्ता

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ७

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबीच बालुवाटारमा भएको वार्ता सफल भएको छ ।

महाअभियानले उठाएका २७ बुँदे मागबारे विस्तृत छलफलपछि समूहले घोषणा गरेको नेपाल बन्द र अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिन सहमति जनाएको हो ।

आइतबार सम्पन्न छलफलमा शान्ति–सुरक्षाको वर्तमान अवस्थालाई ध्यानमा राखी उठाइएका मुद्दाहरूको सम्बोधनका लागि सरकार निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति बनेको छ ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बू नेतृत्वको टोली सहभागी थियो । टोलीमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ पनि सहभागी थिए ।

सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना उपस्थित थिए ।

दुवै पक्षबीच निकट भविष्यमा महाअभियानको शीर्ष नेतृत्वसहित अर्को चरणको वार्ता छिट्टै गर्ने समझदारीसमेत बनेको छ ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads