search

गरिमा विकास बैंक वीरगंज शाखाको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर — ७

गरिमा विकास बैंक बीरगंज शाखाले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले हरेक वर्षजस्तै यस वर्ष पनि रक्तदानमार्फत समाजप्रति योगदान पुर्याैउने उद्देश्य राखेको जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमलाई एफएनसीसीआई बीरगंजका नवनिर्वाचित अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर गरी केक काट्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंकका वीरगंज शाखा प्रबन्धक राजीव कुमार झाले बैंकले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार र सामाजिक सेवामूलक गतिविधिलाई अझ प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको बताए । उनले वार्षिकोत्सवमा आयोजना गरिएको रक्तदान कार्यक्रम समाजमा मानवसेवा र सहकार्यको सन्देश प्रवाह गर्ने समेत बताए ।

यसैगरी गरिमा विकास बैंकका मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको मजबुत अवस्थासम्म पुर्या उन योगदान गर्ने ग्राहक, साझेदार संस्था र आम नागरिकप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा ३० महिलासहित ५० जना भन्दा बढीले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे जनाए ।

सो अवसरमा गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साह , लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट गवर्नर देवकी चन्द अग्रवाल , नेपाल पत्राचार महासंघ पर्सा पूर्व उपाध्यक्ष युराज खड्का, जीवनज्योति स्कुलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जल वर्ल्ड स्कुलका अध्यक्ष रामराज श्रेष्ठलगायतको उपस्थिति थियो।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads