search

बारामा कम्पाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ९

बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटना सोमबार राति महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिकैको धरमपुर भुतही पुल नजिक भएको हो । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्पाइन मेसिनले सोनारले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा सँगै सवार उनका साला, बाराको कोल्हवी बजारका २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
रुपेशले चलाएको अपाची मोटरसाइकल ठक्करपछि जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीको भनाइ छ ।

कम्पाइन मेसिनका चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads