search

अनैैतिक सम्बन्धको कारण महिलाको हत्या, घरभित्र गाडिएको अवस्थामा शव भेटियो

पढ्न छुटाउनुभयो ?

रौतहट, ९ मंसिर । रौतहट जिल्लाको वृन्दावन नगरपालिका–९ भुसाहा निवासी शेख आदिलकी पत्नि २५ वर्षीया तरीमा खातुनको शव घरमै भेटिएको छ ।

महिलाको परिवारकै सदस्यहरूले विभत्स ढंगले हत्या गरेको र भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा शव प्रहरीले फेला पारेको हो ।

मंगलवार बिहान इलाका प्रहरी कार्यालय गरूडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन् । मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ । गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुडडु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएपछी परिवारका सदस्यले उनको हत्या गरेको प्रहरीले अनुमान गरिएको छ । त्यसबेला दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए ।

 ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात ससुराली आएकै बेला सोमवार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्याे भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ ।

Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads