search

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रनको अन्तरले पराजित गरेको छ ।
वीरगंज स्थित टिबी शाह क्रिकेट मैदान (नारायणी क्रिकेट मैदान) मा भएको सातौं लिग खेलमा साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ ।
टस हरेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको साउथजोन स्टार्सले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर १४४ रनको योगफल बनायो । उसको शुरूवात राम्रो रहेको थियो । ओपनर राकेश कमैतले १४ बलमा ४ चौकाको सहयोगमा २१ रन जोडे भने अकिब अन्सारीले ३० बलमा २९ रन र हासिम अन्सारीले २७ बलमा २८ रन बनाए । तर मध्यक्रम सेराजुल आलमले गरेको १४ बलमा २७ रनको योगदान दिन बाहेक अन्य ब्याटरहरू चल्न नसक्दा टिमले ठूलो स्कोर बन्न सकेन ।
वीरगंज रोयल्सका सोहेल शेखले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २४ रन खर्चेर ३ विकेट लिए भने अरबाज आलमले २ विकेट आफ्नो नाममा लेखाए ।
१४५ रनको विजयी लक्ष्य पछ्याएको वीरगंज रोयल्सले पनि राम्रो शुरूवात गरेको थियो । सोनु शर्माले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए भने आदर्श भण्डारीले २६ बलमा  २ चौका र १ छक्काको २५ रन जोडे । त्यस्तै संजन महतोले १२ बलमा २४ रन जोडे पनि अन्य ब्याटरहरूले अपेक्षित प्रदर्शन नगर्दा खेल रोयल्सहरूको हातबाट बाहिर गयो ।
साउथजोनका स्टार बलर राहुल अन्सारीले घातक स्पेल फाल्दै ४ ओभरमा केवल २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । हासिम अन्सारी, रामआशिष महतोले पनि १र१ विकेट लिँदा रोयल्स २० ओभरमा ७ विकेटको क्षतिमा १३३ रनमै सीमित भयो ।
खेलको निर्णायक क्षणमा उत्कृष्ट बलिङ गरेका राहुल अन्सारी प्लेयर अफ द म्याच घोषित भए । जितसँगै साउथजोन स्टार्सले प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ भने वीरगंज रोयल्सले लगातार तेस्रो हार बेहोर्दै तालिकाको अन्तिम स्थानमा झरेको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads