search

वीरगंजमा नम्बर प्लेट नभएका भारतीय ई–मोटरसाइकल छ्यापछ्याप्ती

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल

वीरगंज, १० मंसिर । केही समयदेखि छिमेकी भारतको रक्सौलबाट ई–मोटरसाइकल निर्बाध वीरगंज प्रवेश गरिरहेका छन् ।

नम्बर प्लेट नभएका अनटेस्ट ई–मोटरसाइकलहरू वीरगंज भन्सार कार्यालयबाट वीरगंज शहर प्रवेश अनुमतिपत्रविना सीधा प्रवेश पाउँदै आएका छन् ।

जबकि भारतीय सवारीसाधनका हकमा वीरगंज शहरसम्मका लागि दुई चक्के, चार चक्केले दैनिक प्रवेश अनुमतिपत्र लिनुपर्छ र सोही दिन रक्सौल फिर्ता जानुपर्छ ।

यो नियम नम्बर प्लेट भएकाहरूको हकमा मात्र हो । अनटेस्ट भारतीय सवारीसाधनहरूलाई नेपाल प्रवेश रोक रहेको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

शहर प्रवेशका लागि भन्सारबाट दैनिक र रात बिताउनेहरूको हकमा भन्सार विभागले तोके अनुसारको शुल्क तिरेर तोके अनुसारको दिन बिताउन पाउने प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली बताउँछन् ।

नम्बर प्लेटविना कुनै पनि भारतीय सवारीसाधन नेपाल प्रवेश हुनुनपर्ने र भएको छ भने आजकै मितिबाट रोकिने उनले बताए ।

रक्सौलमा सस्तो मूल्यमा पाइने ई–मोटरसाइकल अहिले वीरगंजमा छ्यापछ्याप्ती देखिन थालिएका छन् ।

वीरगंजमा ई–मोटरसाइकल नम्बर प्लेट राखेर सञ्चालन गर्नुपर्छ । यसबारेमा ट्राफिक प्रहरीले पनि ध्यान दिएको पाइएको छैन ।

भन्सार बिन्दुअगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गर्छन् ।

त्यहींबाट यस प्रकारका गैरकानूनी गतिविधि रोकिनुपर्ने हो । तर सामानमा मात्र ध्यान दिंदै आएका कारण सुरक्षाकर्मीहरूले यसलाई रोक्न आफ्नो जिम्मेवारी सम्झेका छैनन् ।

Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads