वीरगंज , मंसिर – १०
रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
मंगलबार राति घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार राति करिब पौने १० बजे आफ्नै घरमा माइकको तार जोड्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर महतो सक्त घाइते भएका थिए ।
उनीलाई नेशनल हस्पिटल विजयपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोल्हवी लैजाँदै गर्दा बाटैमा ज्यान गएको डिएसपी विष्णु प्रदीप बस्यालले बताए ।
अस्पतालले राति ११:५५ बजे महतोको मृत्युको जानकारी प्रहरीलाई दिएको थियो ।
पोष्टमार्टमका लागि मृतकको शव प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











