वीरगंज , मंसिर – १०
?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन् ।
असोज १० देखि मंसिर ५ गतेसम्म चलाइएको मतदाता नामावली अद्यावधिक अभियानमार्फत नयाँ मतदाता दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले जानकारी दिइन्।
उनका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये ८ हजार २४२ पुरुष र ६ हजार ८०३ महिला छन् । तीमध्ये १४ हजार ३१८ जना जिल्लाभित्रै आएर नाम दर्ता गराएकाहरू हुन् भने ७२७ जना जिल्लाबाहिर बसेर अद्यावधिक गराएकाहरू छन् ।
नयाँ मतदाता थपिएसँगै पर्सामा कूल मतदाताको संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ । यसमध्ये १ लाख ९८ हजार ८०८ पुरुष, १ लाख ५३ हजार ६६१ महिला र १५ जना फरक लिंगका मतदाता रहेको कार्यालयले जनाएको छ।











