एजेन्सी , मंसिर – १०
भारतले आज आफ्नो ७६औं संविधान दिवस मनाउँदै ९ भाषामा संविधानको अनुवाद सार्वजनिक गरेको छ। राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहमा संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।
यस अवसरमा संविधान नेपालीसहित मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित गरिएको छ ।
पञ्जाबी संस्करण ५० वर्षपछि पहिलोपटक अनुवाद गरिएको हो भने बोडो र कश्मिरी भाषाहरू पहिलोपटक संविधानमा समावेश भएका हुन् ।











