वीरगंज , मंसिर – १०
बिरगंज–रक्सौल सीमाक्षेत्रलाई हरियाली, स्वच्छता र आकर्षक रूपले विकास गर्ने उद्देश्यसहित मितेरी पुल आसपास बुधबार वृक्षारोपण गरिएको छ ।
बीरगंज महानगरपालिकाको पहल तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण गरिएको हो ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वृक्षारोपण अभियान महानगरको दीर्घकालीन वातावरणीय रणनीतिसँग जोडिएको बताउँदै भने — “हरियाली केवल सौन्दर्यका लागि होइन, स्वास्थ्य, वातावरण र भावी पुस्ताको भविष्यसँग सम्बन्धित विषय हो ।”
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठक, डीएसपी राजु कार्की, ट्राफिक प्रमुख युबराज कटवाल, महानगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी गण प्रमुख पुरन चन्द्र भट्ट, भन्सार कार्यालयका डीएसपी पुरुषोत्तम भण्डारी लगायत नेपाल–भारत दुबै पक्षका सुरक्षाकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।
वृक्षारोपणले सीमाक्षेत्रको वातावरणीय संरक्षण, धूलो–धूँवा नियन्त्रण र दीर्घकालीन सौन्दर्यकरणमा महत्वपूर्ण योगदान पुर्याएउने अपेक्षा गरिएको छ ।











